First Tamra patra issued B.S. 1814/04/22 Monday          

©

Lalmohar issued B.S.1831/04/22 Monday Return date: B.S. 2015/02/01 hand over to Dhankuta

                         Lalmohar

 

                                                                     माथिको उल्था 

स्वस्ती श्री सर्वोपमायोग्येत्यादि राजभार सामर्थ श्री नन्द राय, श्री जमुना राय, गैह्र लिम्वु रायके आशीष यहा कुशल तहा कुशल चाहिँये । आगे यहाको समाचार भलो छ । उप्रान्त तिमीहरू त्यस देशका भलो मानिस हौ । तिमीहरूले हिजो पनि पसेन थियौ । आज पनि नासमा पसेनौ भनी हामीले सोही वुझिकन तिमीहरूलाई पिछाको गोहर पनि वक्सिपठायौ । वत लिम्वुवान छ लिम्वुवानलाई पिछा लेउ भनि भारदारहरूलाई अह्राइ पठायौं । आज तिमीहरूलाई पिछा लियाको छ । अर्को तरह नमान । तिमीहरूलाई सुन चुरा सिर पाउ पनि वकस्यौला । ताहा हाम्रा भारदारहरका संमेतले मुलुकको सर सम्भार पनि गर । तमरमा सांघु पनि हाल तिम्रा खाइन पाईन मर मरोत परया सवै थामीवक्स्याको छ । अनफ्नो खातिरजामासित जगा समर गर । इति सम्वत १८३१ साल तिमी भाद्र वदी ५ रोज ५ मोकाम कान्तिपुर राजधानी शुभम्................।

Lalmohar issued B.S. 1897/05/14 Wednesday

  Lalmohar given by Priminister Jangga Bahadur Raana

  Unknown Lalmohar (Lawati ma bhaeko)

©

B.S. 1972/06 Rukka letter given by Bhim Samser Raana

©

                                     

              Letter To Yangnam Gadhi

 Last Lalmohar given by King Mahendra B.S. 2017

©  Add by Harkajang Limbu 30/05/2009

                                                 (1) 

सातराईहरुका पुर्खामध्यका हंसुरायलाई कामदत्तशेनले दिएको चार किल्ले लालमोहरको नक्कल: श्री लक्ष्मीनारायन जिवसहन 

 

  

                                            

                                                                   माथिको फोटोकपिको अनुवाद

स्वस्ति रूपनारायणेत्यादी विविधविरुद्वावली बिराजमान मानोन्नत महाराजाधिराज हिन्दू पति छत्रपति राजराजेश्वर विरादलन भूपमन्जन महाराजा श्री श्री श्री कामदत्तशेन जितदेवानाम सदा समर विजयिनाम ..................


सातराईके पर्वत्यादे हंशुरायका खायन प्रजागावं चुइदीकामासै दक्षिण सेमुइस्वा सै पश्चिम खेवा सिम सै उत्तर मिलगु सै पुर्व प्रजा गावों जो जो भोवायेक १ सपुला सेनभेनलेको १ थोका फराय १ वागुदेन यक १ वौन्धाक थोक फराययेक १ वोगधाक येक १ प्रस्के प्रजागावों आठ साविक खायन बाट्टाली बन्डा कैदीहाल आफ्ना खातिरजामा सै प्रजालाक वोगावोंत्तर दुदतलासा कै उत्तर पंर्येपुरमा सुख भोग्याके सामासार जामसभेट् सेवामा हाम्रा रुजु रहे इति सम्वत १८१८ साल माह माघ वदी तौ १० रोज विजयपुर शुभं ................  .......

वाँया किनराको यस्प्रकार छन् :- रुजु देवान सिरी गंजराय

                                                                        (2)

वि. सं. १८३७ मा मन्जित राईको नाममा भएको फेदाप भूमिको शुभङ्गी सिर्तोक पत्र ।          श्री दुर्गासहाय

                                  

                                                                  माथिको फोटोकपिको अनुवाद  


स्वस्ति श्री देवानअवन्धु राना सरदार प्रतिमन राना कस्यपत्रम..........
.........

आगे सोझाराईको नाती आतराईको छोरा मन्जित राईको वतन फेदाप हिजो मकवानीको समय महाफेदाप अम्बल गरी खाया भित्रको रहता बहता गौवद्व पञ्चखत बाहेक अरु मोरो अपुताली छोरी जारी खतपत समेत आफ्ना अम्बल भित्रको शुभङ्गी गरी दियुँ रुपैयाँ ६०।- साल वसाल सरकारको सिर्तो दाखिल गर्नु काज पुग्या पछि मोहर गरी दिउँला आफ्ना खातिर जामासँग भोग्य गरी नुनको सोझो भै लगायाको टहल रुजुगर सर्बथा इति सम्वत १८३७ अस्विन वदी बार रोज १ शुभम ...................  

दाँया किनराको यस्प्रकार छन् :- पत्रसही

                                                                 (3)

मैवाको श्रीदेवराई, मिवाको रायनसिं राई, फेदापको आतहाङ राई र तमोरको शुभवन्त लिवाङ राईहरुलाई हिजो हिन्दूपतिले बक्सेको नगरानिसान मानमर्यादा हामी बक्सन्छौं दरबारमा चाँडो आउनु भनी श्री ५ रण बहादुर शाहले वि. सं. १८३९ श्रावण वदी ८ रोज ५ मा लेखेको चिट्ठीपत्र..............   

                                                                                                                                                              माथिको फोटोकपिको अनुवाद

स्वस्तिश्री गिरीराज चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुधावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराज रण बहादुर शाह बहादुर शम्शेर जङ्गदेवानाम सदासमर विजयिनाम ........................
..........................

 

स्वस्ति श्री सर्वोपमायोग्य राजभार सामर्थ श्री फागु सिर्देउराई श्री सिरिङ् मायत (रायनसिं) राई श्री फेदाप आतहाङ राई श्री लिवाङ सुभा ज्ञान्दा राई के आसिकपुर्वक पत्रमिदम याँहाकुशल चाहिये आग्य यहाँको समाचार भलो छ उप्रान्त तिमीहरूले खोलिकन विन्ती नगर्दा आजसम्मा ढिलो भयाको हो अरु तिमीहरूको कुरा भारादारबाट विस्तार विन्ती गर्‍या सुन्युँ हिजो हिन्दूपतिले बस्याको नगरानिसान मान मर्‍यादा ज्याहो सो हामी बक्सन्छौं मोहोर बक्सन चाँडो हजुर आव खानादाना अर्थकना केही रुपैयाँ बक्स्यौं तुरुन्त मानिसका हात लाग्यौ केही रुपैयाँ तिमीहरू आईपुगनिमात्र बक्सौंला काज पनि लाउँछौं खातिरजामा भै चाँडो दरबार आव सर्वथा सम्वत् १८३९ श्रावण वदी रोज ५ शुभम् ............................

                                                                        (4)

वि. सं. १८४१ मा फेदाप, मैवा, मिवा, तमोर र याङ्वरक थुमका शुभङ्गिहरुलाई सिक्खिम भागी बसेका गजदलराय र अन्य लिम्बुहरुलाई आफ्नो समर्थनमा ल्याउनु भनी श्री ५ रणबहादुर शाहले लेखेको चिठ्ठीपत्रको मोहर ।

                                             श्री दुर्गासहाय 

                   

                                                                  माथिको फोटोकपिको अनुवाद

स्वस्ति श्री गिरीराज चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुधावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराज रण बहादुर शाह बहादुर शम्शेर जङ्गदेवानाम सदासमर विजयिनाम ........................
..........................

स्वस्ति श्री सर्वोपमायोग्य राज भरोद्धारण समर्थ श्री भर्त अधिन श्री श्रीदेवराय श्री आतहाङ् राय, श्री शुभज्ञान्दाराय, श्री सैनन्दाराय, श्री सुनज्ञान्दाराय, श्रीजयकर्ण रायके आसिसपूर्वक पत्रमिदम कुशल ताहाँ कुशल चाहिय पत्र आयो अर्थ विदित भयो आगे यहाँको समाचार भलो छ । उप्रन्त सुखिमतिरको हकिगत सुब्बाहरूको हकिगत गजदलरायको खवर विस्तार विन्ती पठाया छौं मालुम भयो तिमीहरूले त्यतातिर मनिस पठाइ बोलन्याचाहन्या जसजससँग जतिजति कुरो गन्र्‍या हो गरी राख दरबारमा व्रतवन्धको काज छ यति काज सक्यापछि तेतातिरको काज गर्नुछ बाँकी सुखिमबाट कटक गर्छ भन्या खबर लेख्या छौ कटक गर्न सक्दैन कदाचित आइजाला तापनि सुब्बाहरू छेऊ भनी सुनी खरखजाना तयार गरी राख आइगया कतल गरौला परन्तु गरगौंडा पनि जहाँ जहाँ विग्रयाको छ मनिष झारा गरी चाँडो बनव बाँकी गजदल राय पनि खाना खान आउँछ भन्या निश्चय बुझी विन्ती गरी पठाव पिछाको मोहर बक्सी पठाउँला परन्तु तिमीहरुका दु:खदर्दको कुरो तिम्रा भाइ छोराहरु यहाँ छन् शुभ पक्ष बनाई बक्सौंला खातिरजामासँग काम कुरो बनव हरिधरी तेतातिरको खबर पठाउन्या गर सम्वत् १८४१ माघ सुदि ३ रोज ५ शुभम् .............. 

                                                                (5)

        चारखाल अड्डाबाट सक्कल बमोजिमको नक्कल उतार गरी लिएको ।

काज पुग्यापछि मोहर गरी दिउँला भन्ने वि. सं. १८३७ मा मन्जित राईको नाममा सिर्तोक दस्तखत भए बमोजिम वि. सं. १८४७ मा आतहाङ राईको नाममा भएको फेदापको चार किल्ले लालमोहरको व्यहोरा 

                                                 

                                                           माथिको फोटोकपिको अनुवाद

स्वस्ति श्री मन्माहाराजाधिराज कस्य रुक्का ..........................

आगे आतहङ् राईके हिज मकवानी राजाले दियाका जमिन तेरा पुर्खाले पायाको याक्सिङ्जुङ उत्तर सबुवा दक्षिण यवा पूर्व तमोर पश्चिम यति चार किल्ला भित्रका जग्गा तलाई थामी बक्स्यौं लिम्बुवान गैर्‍हलाई लाग्याको दस्तुर इति सम्वत् १८४७ साल भाद्र वदी ५ रोज शुभम् ...........

वाँया किनराको यस्प्रकार छन् :- सकल बमोजिम नक्कल दुरुस्त छ ।
मार्फर्त रनजीत पाण्डे मार्फत शिवनारायन खत्री  

                                                                  (6)

छङ्देनहाङ्को सन्तान मध्यका खँवाराईहरुलाई वि. सं. १८४९ मा श्री ५ राजेन्द्र विक्रम शाहले छुन्देनछाप मोहर गरिदिएका थिए । चार किल्लामा उल्लेख गरिएका जमिनहरु मुर्ती ढुङ्गा, हात्तीखर्क, पारीयादेन, ताङ्खुवा र तेलिया भित्र पर्दछन् । जुन हात्तीखर्कका नागा प्रमुख छंदेनहाङ्ले भोग गरेका जमिनहरु पर्दथ्यो ।

 

            
                                           

                                                      माथिको फोटोकपिको अनुवाद


आगे खँवा राईके अरुनपारको रामच्या लेख होङ ग्राया खोला मंमाया पूर्व रामच्याडाँडा पश्चिम पटेक दक्षिण फकवाखोला उत्तर ई चार किल्ला भित्रको कालोवन्जर वखत बाहेक पाखोरेखो बाँझो गर्‍हा छुन्देन छाप गरी बक्स्यौं बस्ती बसाइ रस्ती चलाई दसमोहोरियाका रीतसँग छापजानी भोग्ये गर इति सम्वत् १८४९ साल श्रावण वदी १३ रोज शुभम् ..................................................

                                                                        (7)

                                              टटुवाराई र अन्य गैर्‍हलाई 
           १८६० मा श्री ५ गिर्वाण युद्ध विक्रमले दिएको शुभङ्गी लालमोहर

                                             

                                                          माथिको फोटोकपिको अनुवाद

स्वस्ति श्री मन्माहाराजाधिराज कस्य रुक्का ..........................

आगे आसारसिं तुम्याङइतराई, किदाहाङ राई ततुवाराई के हिजो तम्रा बाबाबाफज्यादा देखि सेनका पालामा साँध किल्ला गरिदियाको फेदाप घडयारी सेङ्सेङ् रुम्बा देखि पूर्वतमोर देखि पश्चिम मछ्छुवा खोला देखि दक्षिण लुभु खोला (लम्बु) देखि उत्तर इति चार किल्ला भित्रको जग्गा जमिनमा भाइ सरहका रीति शुभङ्गी आजतक गरी आयाको रहेछ तसर्थ हिजका बमोजिम थितिरीति थामी वक्सयौं आफ्ना खातिरजामासँग थितिरीति जमिन जानी दसलिम्बुपलवानका सरह संग भोगेगर सेवाटहलमा रुजु रहनु इति सम्वत् १८६० साल मिति मंगसीर वदी ३० रोज शुभम् .......................


वाँया किनराको यस्प्रकार छन् :-
 
मार्फर्त प्राशशाह मार्फत सणध्धोत शाह मार्फत रणधोज थापा

 

                                                                     (8)     

वि. सं. १८६० मा श्री ५ गिर्वाणयुद्ध विक्रम शाहले कन्दङ्वाहरुका पुर्खाटटुवाराई समेत गौर्‍हलाई सतराईहरुका भाइ सरहको सुभाङ्गी थामी दिएको लालमोहर ।

                     

                                                               माथिको फोटोकपिको अनुवाद


स्वस्ति श्री मन्माहाराजाधिराज कस्य रुक्का .............................................


आगे आसारसिंराई, तुम्याङइतराई, किदाहाङ् राई टटुवाराई हिजो तम्रा बाबा बाफज्यादा देखि सेनका पालामा साँध किल्ला गरी दियाको फेदाप देवी म्याङ्लुङमा देखि पूर्व तमोर देखि पश्चिम सोवुवा खोला देखि दक्षिण लोभो खोला (नोभो खोला) देखि उत्तर यति चार किल्ला भित्रको जमिन जग्गामा भाइ सर्हेका रीति सुभाङ्गी आजतक गरी आयाको रहेछ तसर्थ हिजोका बमोजिम थितिरीति थामी बक्स्यौं आफ्ना खातिरजामासँग थितिरीति जमिन जानी दश लिम्बुवानको श्रहसँग भोग्येगर सेवा टहलमा रुजुरहनु इति सम्वत् १८६० साल मार्गसिर वदी ३० रोज ३ शुभम् .........

                                                                        (9)

वि. सं. १८७६ मा श्री ५ राजेन्द्र विक्रम शाहले मन्जित राईलाई फेदाप जमिनको सुभासुभाङ्गी पगरीको लालमोहर गरिदिएको व्यहोरा ।

                                                 

                                                               माथिको फोटोकपिको अनुवाद


स्वस्ति श्री मन्माहाराजाधिराज कस्य रुक्का .............................................


आगे मन्जित राईके फेदाप भन्याअको जग्गाहरू तेरा जिज्यु वानहाङ्फुङ राईले मकवानी राजाका पाला सुभाङ्गीको पगरी वाँधी खाई आयाको तस्को साँध नोभु दोभान याकसिङ्जुङ सै उत्तर सोबुवासै दक्षिण तमोर सै पश्चिम थोकथावालम एवासै पूर्व यति चार किल्लाभित्र ढाक्रया बस्न्या तिनलाई साउन्या फागु धर्म रगत पक्ष पञ्चखत कामी दमाइ सार्किको दस्तुर मेजवानी बाहेक ढाक्रयाको घरको डन्डकुन्ड र दशैं सर्वकलम अघि देखि तेरा बाबाज्यादाले खाई व्यहोरी आयाको मकवानिको पाला देखि पाया बमोजिम हामीले पनि नगरानिसाना समेत शुभङ्गीको पगरी थामी बक्स्यौं आफ्ना खातिरजम्मा संग बस्ती बसाइ रस्ती चलाउनु हाम्रो नुनको सोझो चिताई चलन भोगगर इति सम्वत् १८७६ साल रोज शुभम् .............

                                                                             (10)
वि. सं. १८७७ मा श्री राजेन्द्र विक्रम शाहले मन्जितराई, चित्रुङ राई र मयाइराईलाई थुम फेदापको सुभासुभाङ्गीको पगरीको लालमोहर गरि दिएको नक्कल उत्तर ।

                                             

                                                                माथिको फोटोकपिको अनुवाद

स्वस्ति श्री गिरीराज चक्रचुडामणी नरनारायणेत्यादि विविध विरुधावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराज राजेन्द्र विक्रमा शाह बहादुर शम्शेर जङ्गदेवानाम सदासमर विजयिनाम........................
...................

आगे मन्जित राई, चित्रुङ राई, ईन्द्रजित, मायाइ राईके जिल्लै चैनपुरका अंमल मध्ये फेदाप तिमीहरूका पिता पुर्खाले आजसम्म खाइ चर्चि आयाको घर घडयारी शुभरा खर्क तित्या महभिर लगायत समेत इस्त्क सम्वत् १९७८ साल वैशाख वदिस् १ लगायत जाचकिले जाँची दरिदियाका नयाँ पुराना लिम्बुहरूको ठेक साउन्या फागु मेघजित ढाक्र्याको सेमा वेठी छीपो छापो, कामिको ताल, सर्किको पल्याटी, दमाइको सुज्यारो वजवि दन्ड कुन्ड मर्‍यो अपुताली चाक चकुइ वाजी आस्मानी सिवाय गुठी विर्ता रैकर कल्यान धन रहता बहता धर्मअधिकार उडन्ता गडन्ता हात्तीका दाँत, गैंडा खाग, गौरि गाइका सिङ महन्त मन्डली जलकर वनकर हाम्रा हुकुमले गयाको फर्माइस रकम ढाक्र्याको साउन्या फागु मेघजीन अदालत धुरकुल विना खतले मानिस मार्‍याको गौवध झारा अमालिको मेजवानी राजअंक बाहेक राखी अरु रकम कलम मारीमेटी यक सालको वेमोजरै जम्मा मोहर रुपैया २५ ९।। दुई सय साढे शान्ताउन्न साल वसाल श्रीजङ्पल्टनमा दाखिल गर्नु तिमीहरूका दाजुभाइ गाउल्या अर्को अंबलमा बस्न गयका घरको ठेक खपतपत तिमीहरूले असुल गरी आफ्ना जम्मा भित्र लिनु किपटियाले आफ्ना जग्गामा नीज कुटा कोदालाले विह्रायाका विरौटा विरौटी खेत खानु सरकारीया खजाना तोडा तहविल गढी किल्लामा रहन्या कुरुवा पल्टन कम्पनीका बेसौती हुलाकका भारी आफ्ना आफ्ना वडासम्म बोक्नु देशबाट चिवा चर्चौ चिट्ठीपत्र विना चैनपुर अमाली छेउ पुर्‍याइ दिनु थेकवन्दी भन्दा बढ्ता गरी अमालिले जफताना गर्‍या भन्या हाम्रा हजुरमा विन्ती गर्नु आउनु अघि भयाका लालमोहर सबै हाम्रा हजुर दाखिल गरी पल्टन कम्पनीका लाल ढडा बाहेक तिमीहरूको जमिन थितिवितिरिती सुभाङ्गी पगरी थामी ठेकको बन्देज बाँदी बक्स्यौं जग्गा आवाद गुल्जार गर्नु विजाई गरी विध्न गर्‍या शासन होला आमूल मामुलका रकम कलम सित दामकाम असुल तहसिल गरी किस्ता बमोजिमका ठेक रुपैया चुकाई आखिरीको साल वसाल फार्षती लिनु हाम्रो नमकको सोझो चिताई आफ्ना खातिर जम्मासँग रीतिथिति  जानी भोग गर ।
 
तपसिल किस्ता बन्दी
जेष्ठ वदी १५ मुहुडा किस्ता रुपैयाँ  ५०   
आश्विन किस्ता रुपैयाँ               ८०
पौष किस्ता रुपैयाँ                   ८०
चैत्र सुदि १५ चुक्ती किस्ता रुपैयाँ  ४७।।

इति सम्वत् १८७७ साल मिति चैत्र वदी रोज ३ शुभम् ।

वाँया किनरका यसप्रकारका छन् :-
मार्फत भिमशेन थापा मार्फत दल भन्जन पाडे    

                                                                 (11)

                                             पन्जनसिं र मन्जित राई बीच 
        झगडा हुँदा वि. सं. १८७८ मा मुकुन्दसिंका नाममा भएको फैसला लालमोहर 

                                    
                                                                    माथिको फोटोकपिको अनुवाद

स्वस्ति श्री मन्महाराजआधिराज कस्य रुक्का ................................

आगे मुकुन्दसिंङ्के तेरा बाबु मन्जितलाई पनजन सिग्याले तँ कमारासँग विराऊ भयाको लिम्बुवानी तिरको सन्तान होस् तँ कमारै होस् भनी समाउँदा दुवै जनाको झगडा भई काजी अजम्बर पन्थ छेउ गाइकन न्या बस्ता न्यामा मन्जितले हारेछ पनजन सिंग्याले जितेछ मैले न्यामा जितेपछि तँ मेरोकमारो भाइस् भनी पक्रँदा अदालतबाट विचारी भै जान्या र जाँच गर्न जान्याहरूले कचहरि गरी दसलिम्बू राखी निरोपन गरी सोधपुछ गर्दा लिम्बुवानी कमारोसंग विग्रयाको खत खेबजामा जाँदैन त्यो खत सरखारैको हुन्छ पन्जनसिंग्या पाउँदैन अघि सेनका पालामा पनि एस्ताखत सरकारैका हुन्थ्यो भनी दसलिम्बुले लेखिदियाछन् भाइ भभारादारहरू का सल्लाहमा पनि योखत पनजनसिंग्या पाउँदैन सरकारऐको हुन्छ भन्या ठहरियो तसर्थ तलाई पानफुल लिं दसलिम्बुवानका सर्‍हको रैत बक्स्यौं आफ्न खातिरजम्मासँग तेरा बाबु बराज्यूले आजसम्मा खाइ चर्चिआयाको खेत पाखो जग्गा जमिन जो छ भोग गरी तेरा गाउँ घरका जाँचले गरी दियाका कपुका ठेक बमोजिमा रुपैयाँ साल वसाल तिरी रैतगिरी गरी बस इती सम्वत् १८७८ साल मिती मार्ग वदी रोज २ शुभम् ................................

वाँया किनरका यस प्रकार छन्:-
मार्फत बालनरसिं कुवर मार्फत भिमसेन थापा मार्फत प्रताप शाह
मार्फत दल भन्जन पाडे मार्फत रघुवीर थापा मार्फत विजय गिरी

लालमोहर 
                                                                        (12)

वि. सं. १९२० मा पुरानियाँ सुब्बा मुकुन्दसिंले पगरी पजनसिंबाट रु ६३ लगान बराबरको आधा ३१।। को लगान बोकि लुभुखोला सिर पंच पोखरी चित्रिया नगरतप्पा नागी खर्क जग्गहरू आधा भागवण्डा गरेको कागजात नक्कल ।

                  
                                                                 माथिको फोटोकपिको अनुवाद

लिखितम सुब्बा संखवीर आगे सबामा जग्गको जगर वगर १८७ येरोङ्हाङ्को नाउँमा येरोहाङ्ले लालमोहर पगरिको गर्दा तेही मोहोरको बहालिमा कबोल्याको याकबेकमा कमारी १ र श्री काजी अजम्बर पन्थमा मोहोरका वहाल चलाउँदा र मोहोर गर्दा नेपालमा खर्च भयाका समेत गरी साहु तेही जग्गामा लाग्यामा साँवा रुपैयाँ १०० मध्य साहु तिरी बाँकी साहुका रुपैयाँ रह्याका लुभुखलाका सिर्‍ह पाँचपोखरी गावै नागी खर्क कट्यारा २ को साहु महिन्द्र गुरुङ् साहु ऐमानखत्री क्षत्रीका थैली रुपैयाँ सावा १० नगर तप्पा खर्क कट्यारा १ को साहु श्री पति जाहारसिं खत्री क्षत्रीका थैली रुपैयाँ सावा १३ जम्मा साहुको रुपैयाँ ६३ साहुका थैली तेही जग्गामा पर्‍याको लगानको रुपैयाँ १९९३ सालको जाँचमा पुराना सुब्बा मुकुन्दसिंबाट लगानका रुपैयाँ तिमी पगरी पजनसिंले बोकी जग्गाको चलन रुपैयाँ ५ र पोको (बोको) १ पुराना सुब्बा मुकुन्दसिंमा राखी १९९३ सालमा निजी छुट्याई जग्गाको चलन ल्यायामा १८९४ सालमा पनि शुभङ्गी हुँदा पुराना सुब्बा मुकुन्दसिंबाट तेहिजग्गाको साहुका लगानका रुपैयाँ तिमी पगरी पजनसिंले बोकी ल्यायाका साँव रुपैयाँ ६३ मध्य तिमी पगरी पजनसिंबाट मैले तेही जग्गाको साहुका लगानको रुपैयाँ सावाँ ३१।। लगन बोकी जग्गाको भाग वण्डा लियुँ भनी तिमी पगरी पजनसिङ्लाई लेखि दियुँ इति सम्वत् १९२० साल मिती आशाअढ वदी १ रोज ५ शुभम् ......

                                                                            (13)

                                           

                                                              माथिको फटोकपिको अनुवाद

श्री ५ महाराजाधिराज सरकारका जुनाफमा
राजादरबार कथामाडौं (नेपालअ)
         सरकार
         कार्तिक १७ गते २०२५ को धरान विजयपुरमा बसेको बैठकले मार्गशिर्ष १७, १८ गते कोशी अञ्चल तेह्रथुम म्याङ्लुङमा समस्त लिम्बुवान किपट क्षेत्रका जनताको आमसभा गरी गत बाह्रौं राष्ट्रिय पञ्चायतले पारीत गरेको भूमिसमम्बन्धी ऐन संशोधन २०२५ ले किपट रजिनामा हुने व्यवस्था हुँदा गरीब किपटीयामा बाधा विरोध परी पाउमा जाहेर गरेको छु । प्रतिनिधि निएका व्यत्तिहरू पाउमा दर्शनको अभिलाषी छन् । सरकार जो हुकुम । 

                                                                                                                                           सदा सेवक


                                                                                                                           शमशेरबहादुर तुम्बाहाम्फे --  --                                                                                                                                                                                                  लिम्बुवान प्रतिनिधिमण्डल --                                                                                                                                                                                                               सभापति

२०२५/८/२०/५ मा
तेह्रथुम, म्याङ्लुङ 

 Colected by Harkajang Kurumbang

स्रोत:

१. व्यक्ति व्यक्ति द्वारा संकलन, संकलक: हर्कजङ कुरुम्बाङ
२. लिम्बुवान् को इतिहास, संस्कृति र राजनीति, लेखक: अर्जुनबाबु माबुहाङ
३. आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय, लेखक: लाओती यहाङ
४. सातरेनुहाङ तुम्बाहाङ्फे बंशावली र फेदाप लिम्बुवान, लेखक: लीला बहादुर तुम्बाहाङ्फे

 

Thap Lal Mohar

 

Provide by Tanka wanem

Lalmohar provided by Tanka Wanem (2011 AD) All Sangkhuwa Sabha area Langthep Docs